ग्रेड बढोत्तरी तथा अवधि गणना (Grade Progression Guide)
वार्षिक ग्रेड वृद्धि र तलब
नेपालको निजामती तथा सार्वजनिक सेवामा कर्मचारीले नियुक्ति लिएको मितिबाट प्रत्येक १ वर्ष सेवा पूरा भएपछि १ ग्रेड थप हुने गर्छ । यहाँ आगामी वर्षहरूमा कर्मचारीको तलब कसरी वृद्धि हुँदै जान्छ भन्ने कुरा तालिका र चार्टमार्फत हेर्न सकिन्छ।
ग्रेड वृद्धि:
१. स्थायी नियुक्ति भएको मितिबाट प्रत्येक वर्ष १ ग्रेड थप हुन्छ ।
२. सम्बन्धित पदका लागि तोकिएको अधिकतम ग्रेड सङ्ख्या पुगेपछि थप ग्रेड वृद्धि हुँदैन ।
३. पदोन्नति (बढुवा) भएमा नयाँ पदको सुरु तलबमा ग्रेड मिलान गरी नयाँ दरमा ग्रेड गणना सुरु हुन्छ।